माघ २०, काठमाडौं । नेपाल तामांग समाज ओमानले ओमानमा निधन भएको इन्द्रमाया तामांग को परिवार लाई आर्थिक सहयोग प्रदान गरेको छ । काभ्रपलाञ्चोक घरभई हाल इमाडोल बस्दै आएको तामाङ परिवारलाई सहयोग गरेको हो ।

समाजले मंगलबार कार्यक्रम गरि संग्कलन भएको रकम हस्तारण गरेको हो। बैदेशिक रोजगारीका क्रममा करिब १ वर्ष अघि ओमन गएकी तामाङको दुइ महिना अघि मृत्यु भएको हो ।
नेपाल तामाङ समाज ओमनको अध्यक्ष अनिता तामांगको पहलमा जम्मा भएको ४६ हजार १ सय ४५ रुपैया रकम मृतक इन्द्रमाया तामाङको छोरा लाई प्रदान गरिएको हो । अध्यक्ष तामांगले दुखको बेला मानविय भावनाले मृतक तामांगको छोरालाई पढाई खर्चमा सहयोग पुगोस भन्ने सो रकम प्रदान गरेको बताइन् ।