• २०८३ असोज ६ गते मङ्गलवार

ब्राजिलमाथि जापानको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पराजित गरेको छ । जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा टाकुमी मिनामिनो, केइटो नाकामुरा र आयासे उएडाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए ।

यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ गोल बराबरीमा रोकिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस