• २०८३ बैशाख ९ गते बुधवार

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २–०३–००१ प १०१९ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस