• २०८३ मङ्सिर १३ गते शनिवार

राष्ट्रियसभा चुनाव : मधेस प्रदेशबाट सत्ता गठबन्धका सिद्दिकी र अर्याल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, जनकपुर । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेद्वार विजयी भएका छन् । माओवादी केन्द्रकी उम्मेद्वार उर्मिला अर्याल र जसपाका उम्मेद्वार खालिद सिद्दिकी निर्वाचित भएका हुन् ।

मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा अर्याल ६१५६ मतभार ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी रूपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादवलाई एमालेले समर्थन गरेको थियो ।

जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मतभार ल्याए । अन्सारीलाई लोसपाको समर्थन थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस