माघ १०,काठमाडौं। पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड २०२१ जितेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी हरेक वर्ष प्रदान गर्दै आएको यस अवार्ड जित्ने शाहीन अफ्रिदी पहिलो पाकिस्तानी खेलाडी समेत बनेका छन् ।वर्ष २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका शाहिनलाई आईसीसीले उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने सर गार्फिल्ड सोबर्स ट्रफी अवार्ड प्रदान गरेको हो ।

अफ्रिदीले २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेल्दै ७८ विकेट लिएका छन् ।यस्तै महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी भारतकी स्मृति मान्धाना बनिन् । उनले २०२१ मा २२ अन्तर्राष्ट्रिय खेल खेल्दै एक सहित ८ सय ५५ रन बनाएकी थिइन् ।आईसीसी मेन्स टेष्ट क्रिकेटर अफ दि इअर २०२१ को अवार्ड इंग्लिस टेष्ट टिमका कप्तान जोए रुटले जितेका छन् । रुटले २०२१ मा १५ अन्तर्राष्ट्रिय खेल खेल्दै एक हजार ७ सय ८ रन बनाएका थिए । जसमा ६ शतक समावेश छ ।
यसैगरी आईसीसी ओडीआई क्रिकेटर अफ दि इयर २०२१ को अवार्ड पाकिस्तानकै कप्तान बाबर आजमले जिते । बाबरले २०२१ मा ६ अन्तर्राष्ट्रिय खेल खेल्दै २ शतक मद्दतमा ४ सय ५ रन बनाएका थिए ।आईसीसी वुमन्स ओडिआई प्लेअर अफ दि इअरको अवार्ड दक्षिण अफ्रिकाका लिजेले लिले जितिन् । उनले ११ अन्तर्राष्ट्रिय खेलमा ६ सय ३२ रन बनाएकी थिइन् ।