बैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ख् जना सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ । यो संख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।