• २०८३ जेष्ठ ३१ गते आइतवार

महासचिव पोखरेलको नजरमा प्रधानमन्त्री देउवाको सम्वोधनका १० गम्भिर ‘खोट’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ७, काठमाडौँ । प्रधानमन्त्रीइ शेरबहादुर देउवाले सरकारको नेतृत्व संहालेको ६ महिनाको अवसमार आज राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफुले नेतृत्व संहलेसँगै सरकारले गरेका गतिविधिहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको सम्बोधनका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वटा गंभिर खोटहरु औंल्याउनुभएको छ । देउवाको सम्बोधन अप्राकृतिक सत्तागठबन्धनको बोझबाट पूर्ण रुपमा ग्रस्त रहेको औंल्याउँदै महासचिव पोखरेलले देउवाको सम्बोधनमा नेपाली जनताको लागि कुनै स्पष्ट सन्देश नभएको दावी गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा सार्वजनिक गर्दै १० खोटहरु औंल्याउनुभएको हो ।

प्रधानमन्त्रीको आजको सम्वोधनका वारेमा उहाँले भन्नुभएको छ : प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न असफल रहेको ।

– मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने काेशिस गरेको । गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको ।

– विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको । गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको ।

– कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको छ । खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको । १८ वर्ष मुनिका वालवालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील नदेखिएको ।

– लाखौ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सुचनाका वारेमा प्रमवाट मौनता साध्ने काम भएको ।

– अर्थमन्त्रालयवाट भएको भनिएको नीतिगत भ्रस्टाचारका वारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्न पुगेको ।

– कुटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशिल र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकार पुरै लाचार देखिएको ।

– आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका आधारमा राजदुत फिर्तागरी प्रमुख विकास साझेदार चिन लगायतका मुलुकमा राजदुत नियुक्त गर्न उदासिन रहेको ।

– स्थानिय तहको निर्वाचनको मितिका वारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नवाट पन्छिएको । वैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुनु खोजेको । चुनाववाट भाग्न खोज्ने गठवन्धनमा सामेल दलहरुवाट प्रभावित वन्न पुगेको ।

– राज्यका तीनै अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका प्रतिको जनआस्था र विश्वासमा गम्भिर विचलन ल्याउने काम भएको ।

– प्रमुख प्रतिपक्षी दलसंगको न्युनतम् सहकार्यको वातावरण तयारगर्न असफल रहेको । प्रतिनिधिसभामा प्रतिपक्षले अघि सारेका जायज मागका वारेमा उदासिन बनेको ।

Sharing

प्रतिक्रिया दिनुहोस