• २०८३ असार १२ गते शुक्रवार

काठमाडौँ काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसैक्रममा नेपाली कांग्रेस काठमाडौँ पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ ।

कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज) ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

यस कांग्रेसका पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, उदयपुर, ललितपुर, कास्की, धनकुटा, गोरखा लगायतका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका पक्षमा ऐक्यवद्धता जनाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस