• २०८३ जेष्ठ २६ गते मङ्गलवार

युरोकपमा आज अन्तिम ४ खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदैछन् । युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् ।

समूह ई मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ । पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

समूह एफ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस