• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । आज बसेको समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस