• २०८३ बैशाख २२ गते मङ्गलवार

एकैदिन थपिए अहिलेसम्मकै बढी ११ हजार ३५२ संक्रमित, चारजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमणको संख्या हो ।

मन्त्रालयका अनुसार २३ हजार ४०९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६१३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस