• २०८३ बैशाख १९ गते शनिवार

सुन जस्तो देखिने धातु सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, कास्की । प्रहरीले सुन जस्तो देखिने धातु सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग।१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस