पौष २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप आज एकैदिन १ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८८४८ पीसीआर परीक्षण भएकोमा ८४१ र ३७८४ एन्टीजेन परीक्षण भएकोमा ३२६ जनामा कोरोना पुष्टि भएको हो ।

आज २२४ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयले थप २ जनाको मृत्यु भएको जनाएको छ । देशभरी आज कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ । आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।