पौष २५ ,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।

यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’
माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता(कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।