पौष २५, काठमाडौं । काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आजदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको छ ।
