फागुन २८, बाँके । नेपालगञ्ज उप–महानगरपालिकामा बिहिवारदेखि सुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।
बिश्वभर कोरोना (कोभिड-१९) को समस्या देखिएपछि नेपालगञ्जमा पुर्व निर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उप–महानगरपालिकाले जनाएको छ । यसपटक नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।