• २०८३ जेष्ठ १ गते शुक्रवार

थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २४, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् ।

यससँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस