• २०८३ बैशाख ४ गते शुक्रवार

रुसी र चिनियाँ राष्ट्रपति आगामी फेबु्रअरीमा बेइजिङमा भेट्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको । उहाँहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उहाँहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो । त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिनुभएको थियो ।

फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिनुभएको थियो । चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस