• २०८३ जेष्ठ २८ गते बिहिवार

४३ अंकले बढ्यो सेयर बजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार वृद्धि भएको छ । ४३।२९ अंकले सेयर बजार बढेको हो । यो साता बुधबार बाहेका अन्य दिन सेयर बजार वृद्धि भएको थियो ।

नेप्से परिसूचक १.६३ अंकले वृद्धि हुँदै २६९२.४७ अंकमा पुगेर रोकिएको छ । आज २ सय ३८ कम्पनीको सेयर कारोबार भएको छ । ७३ लाख ३६ हजार ३ सय ३५ कित्ता सेयर ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल फाईन्स कम्पनीको १० प्रतिशत अर्थात सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै कारोबार भने अपि पावर कम्पनी भएको छ ।

सो कम्पनीको १६ करोड ३७ लाख ६ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस