पौष २१,काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गमा गुड्ने गाडीलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूह लाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारी साधन लाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरू लाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडी लगायत छन् । अगैया भन्दा पूर्व तर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरु लाई पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न उनीहरु बा १४ च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरु लाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।