माघ २८, काठमाडौं । आज सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८९ अंकले घटेर ३७४.७५ अंकमा झरेको नेप्सेले जनाएको छ । आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।