• २०८३ असार १८ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौं । बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका-२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक(पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस