• २०८३ बैशाख १९ गते शनिवार

दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ३१ शंखमुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार राति शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो ।

दुई मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते छन् । उनको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस