मंसिर ९, मोरङ । मोरङ प्रहरीले सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका १ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ सहित पक्राउ गरेको हो । उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मोरङ उत्तरी क्षेत्रमा चारकोसे झाँडीमा वन्यजन्तुको चोरी(सिकारी हुने गरेको छ। सो कार्यमा अवैध हतियारको प्रयोग हुने गरेको प्रहरीले जनाएको छ।