• २०८३ बैशाख २० गते आइतवार

रौतहटमा स्कारपियो दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, रौतहट । रौतहटको चन्द्रपुर-गौर सडकखण्डमा स्कारपिओ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गढीमाई नपा गम्हरिया टोलबाट परोहा नपाको नरकटिया टोलमा जन्ती लिएर गएको भारतीय गाडी बिआर शून्य ५ पिए ६९५३ नम्बरको रातो स्कारपियो फर्किने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

बिजुलीको पोलमा ठोक्किएर घटनास्थलमै ४ जनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।  मृतकको सनाखत हुन बाँकी रहेको छ।

मंगलबार सबा चार बजे स्करपियो जीप सडकबाट झण्डै २० फिट तल खसेको जिल्ला प्रहरीका डीएसपी सुनील मल्लले बताए। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस