• २०८३ बैशाख २३ गते बुधवार

आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरूले चेन्नई सुपर किङ्सलाई दिय‍ जितका लागि २ सय १४ रनको चुनौती

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २०, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले चेन्नई सुपर किङ्सलाई जितका लागि २ सय १४ रनको चुनौती दिएको छ। टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो। आरसिबीले पहिले ब्याटिङ २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको छ।

सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्ले‌मा ७२ रन जोड्यो। जाकोब बेथेल र विराट कोहलीले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरे।

यी दुईले चेन्नईका बलरहरूलाई दबाब दिए। दुवैले अर्धशतक बनाए। ९.५ओभरमा माथिसा पाथीरानाले यो साझेदारी तोडे। ३३ बलमा ८ चौका र २ छक्का सहित ५५ रन जोडेर जाकोब आउट भए।

सानदार ब्याटिङ गरेका विराटले मात्र ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गरि ६२ रनको योगदान दिए। ओपनरले सुरुवात दिलाए पनि मिडिल अर्डरका ब्याटरको प्रदर्शन फितलो रहयो। देवदत्त पाडिक्कल १७ रनमा, कप्तान रजत पाटिदार ११ रनमा र जितेश शर्मा ७ रनमा आउट भए।

तर सातौं क्रमका रोमारियो सेपर्डले बिष्फोटक ब्याटिङ गरे। १४ बल मात्र खेल्दै ४ चौका र ६ छक्का सहित अविजित ५३ रनको सानदार पारी खेल्दै टिमको योगफल बढाउन महत्वपूर्ण भुमिका खेले। माथिसा पाथीरानाले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए। नुर अहमद र साम कुरानले समान १ विकेट झारे।

आरसिबी १४ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा छ। मात्र ४ अंक बनाएको चेन्नई लिगको पुछारमा रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस