• २०८३ जेष्ठ ३ गते आइतवार

डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख भट्टको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, डडेल्धुरा । जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको छ । उहाँको आज काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एक्कासी बेहोस भएपछि ५० वर्षीय भट्टलाई गत मङ्सिर २८ गते उपचारका लागि काठमाडौँ लगिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उहाँलाई उपचारका लागि अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । भट्टलाई मस्तिष्कघात भएको बताइएको छ ।

भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ पाटन क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुभएको थियो । भट्ट नेपाल तरुण दलको केन्द्रीय सचिव, कांग्रेस डडेल्धुराको क्षेत्रीय सभापति र नेपाल बार एसोसिएशन डडेल्धुराको अध्यक्षसमेत रहनुभएको थियो । विसं २०६२÷६३ को आन्दोलनका क्रममा उहाँले तीन महिना जेल जीवन बिताउनुभएको थियो । भट्टको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस