• २०८३ जेष्ठ २ गते शनिवार

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १,काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए । सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए । शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस