पौष १, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको मतदानमा महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन ।
यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । अन्तिम मतपरिणामअनुसार पहिलो र दोस्रो स्थानमा रहेर उनीहरुले विजय निश्चित गरेका हुन् ।