• २०८३ बैशाख २६ गते शनिवार

आर्सनल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक(एक गोल गरे । जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ४१ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस