• २०८३ मङ्सिर ४ गते बिहिवार

आगो निभाउन खोज्दा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, डोल्पा । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताउनुभयो । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताउनुभयो । लामाको गए राति मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस