• २०८३ असार ६ गते शनिवार

नेपालगन्जमा विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, बाँके । विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ । नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ ।

पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए ।

मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए । छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक पक्राउ परेका हुन् । उनलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस