• २०८३ साउन २८ गते बिहिवार

अगुवा कार्यकर्ता प्रशिक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ९, मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा सङ्गठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यसैक्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । पार्टीका वडा कमिटिका अध्यक्ष मनोज वाइवा तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, समसामयिक राजनीतिक अवस्था, पार्टी सञ्चालन तथा व्यवस्थापन, कार्यकर्ता परिचालन, पार्टी निर्माणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

सो अवसरमा प्रदेश इन्चार्ज न्यौपाने तल्लो तहसम्म पार्टी संरचना निर्माण र सञ्चालनका लागि कार्यकर्तालाई खटिन निर्देशन दिनुहुँदै पार्टी कम्युनिष्ट मूलधारको भएको बताउनुभयो । कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, नगर सचिवालय सदस्य विष्णुमाया लामा, जिल्ला सदस्य, गाउँ तथा नगर समितिका पदाधिकारी सहभागी रहेको थियोे ।
यसैगरी बिहीबार नै पार्टीको मनहरि गाउँपालिका–९ को कार्यालय स्थापना गरिएको छ । ज्यामिरेस्थित भलादमी चोकमा वडा कार्यालयको नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङले शुभारम्भ गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस