मंसिर २८, एजेन्सी । तालिबानले पाकिस्तानमा युद्ध विराम समाप्त गर्ने घोषणा गरेको छ । तालिबानले सरकारमाथि कैदीहरूलाई मुक्त गर्ने समझौताको उल्लङ्घन गरेको आरोप लगाउदै सो घोषणा गरेको हो । पाकिस्तान तालिबान र तहरीक ए तालिबान पाकिस्तानले वर्षौंदेखि सरकार विरूद्ध लडिरहेको छ ।

सरकारले सम्झौताअनुरूप सय भन्दा धेरै कैदीलाई मुक्त नगरेको र वार्ताको निम्ति टीम पनि नबनाएको आरोप लगाएको छ। उल्लेख्य छ कि तालिबानले गत केही वर्षमा थुप्रै आत्मघाती हमला र बम विस्फोट गराएको छ जसमा हजारौं सैनिकहरू र आम नागरिकहरूको मृत्यु भयो।
२०१४ मा अफगानिस्तानको सीमा नजिक पेशावर स्थित सेनाको स्कूलमा हमला गरिएको थियो जसमा १३२ बालबालिका सहित १४९ जनाको मृत्यु भएको थियो ।