• २०८३ बैशाख १० गते बिहिवार

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गोद्धारा उम्मेदवारी फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २८,मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिनु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएका उहाँले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गर्नु भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराउनु भएको स्पष्ट पारेका छन् ।उहाँले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिएपनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिनु भएको थियो । राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपर्नु भएको समाचारमा जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस