• २०८३ बैशाख २० गते आइतवार

विद्यालयका छात्रालाई ‘प्याड’ सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २८,सिमकोट । सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिनुभयो ।

पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उहाँले बताउनुभयो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस