• २०८३ जेष्ठ १६ गते शनिवार

यी हुन् कांग्रेसका सबै पदका उम्मेदवार (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा निर्वाचित हुन मैदानम उत्रिएका उम्मेदवारहरुले मत माग्न थालिसकेका छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि आइतबार विहान ११ बजेसम्मको समय दिएको छ ।

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

सभापतिका उम्मेदवार देउवा र डा कोइरालाले प्यानलै बनाएर उम्मेदवारी दिनुभएको छ भने निधि, सिंह, गुरुङ र न्यौपानेले पूरा प्यानल बनाउनुभएको छैन । उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, दाबी विरोधउपर निर्णय र उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबारै गरिसकिएको छ ।

कांग्रेसका कुन पदमा को(को उम्मेदवार छन् ? हेर्नुस् सूची

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/12/Candidates-list-1st-list-2078.08.25-12.20pm.pdf” title=”Candidates list 1st list 2078.08.25 12.20pm”]

Sharing

प्रतिक्रिया दिनुहोस