मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभयो ।
उहाँको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । २५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गर्नुभएको थियो ।
तर देउवाले आफैं सभापतिमा उठ्ने बताउनुभएपछि निधिले छुट्टै उम्मेदवारी दिनुभएको हो ।