• २०८३ बैशाख १७ गते बिहिवार

कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, जिल्ला बझाङ साविक सुबेडा गाउँ विकास समिति वडा नं. ८ घर भई हाल कैलाली धनगढी उपमहानगरपालिका वडा नं.८ मोतिचौक बस्ने प्रकाश रानालाई पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सम्मानित बझाङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएकोमा राना १२ वर्ष अघि सम्म फरार रहेका थिए ।

प्रहरीका अनुसार रानालाई लुकी छीपी बसि रहेको अवस्थामा उनकै घरमा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । पक्राउ पश्चात रानालाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस