• २०८३ साउन १५ गते शुक्रवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं ।   नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको एक हजारले बढेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस