चैत ८, म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले नागरिकलाई आफूले दिने सेवा र सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले तयार गरेको कार्ययोजनामा विभिन्न ९ वटा बुँदाहरु उल्लेख गरिएको छ ।
प्रनाउ राईले तयार गरेको कार्ययोजनामा सरोकारवाला निकायहरुबीच समन्वय–सहकार्य, मानवअधिकारको संरक्षण–सम्बर्धनसम्बन्धी नविनतम कार्यको शुरुवातका कामहरु गर्ने, शुद्धिकरण अभियान, सूचना संकलन–विश्लेषण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन–सुधार, अपराध अनुसन्धान रोकथाम–न्युनिकरण, ट्राफिक व्यवस्थापन–सुधारलगायतका विभिन्न ९ बुँदा समेटिएको छ ।