• २०८३ बैशाख १८ गते शुक्रवार

झापामा कोरोनाबाट थप एक जनाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृ’त्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृ’त्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए ।

कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । कोभिडबाट मृ’त्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृ’त्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृ’त्यु भइसकेको छ ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस