• २०८३ कार्तिक १४ गते शुक्रवार

काठमाडौं उपत्यकामा २४ घण्टामा ८१५ सवारीसाधनमाथि ट्राफिक कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८१५ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक १३ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २० जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभीमार्फत ४५, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ११० र तीव्र गतिमा सवारी चलाउने ६२ जनामाथि कारबाही गरिएको छ।

यसैगरी, अनावश्यक हर्न बजाउने ९, लेन अनुशासन उल्लङ्घन गर्ने ३, सवारीको अवस्था ठीक नभएका ३६ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अन्य शीर्षकमा ५२१ सवारीसाधनमाथि कारबाही गरिएको छ। यससँगै पछिल्लो २४ घण्टामा गरिएको कुल कारबाही संख्या ८१५ पुगेको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस