असार १८,नयाँदिल्ली । भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार लाख नाघेको छ । गएको २४ घण्टामा थप ८ सय ५३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।