• २०८३ जेष्ठ ६ गते बुधवार

रुखबाट लडेर वृद्धको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
वैशाख १७,  बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस