• २०८३ बैशाख ७ गते सोमवार

कर्णालीलाई पराजित गर्दै मधेश प्रदेश शिर्ष स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यो जितपछि मधेश प्रदेशको ४ खेलमा ७ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको ४ खेलमा ३ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस