• २०८३ जेष्ठ १९ गते मङ्गलवार

ओली पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

रिटमा कानुन विपरीत ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । यता आइतबार जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस