• २०८३ बैशाख २४ गते बिहिवार

वरिष्ठ इरानी अधिकारी र उनीहरुका परिवारलाई अमेरिका बसोबास गर्ने विशेष अधिकार खारेज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । वरिष्ठ इरानी अधिकारी र उनीहरुका परिवारलाई अमेरिका बसोबास गर्ने विशेष अधिकार खारेज अमेरिकी विदेश मन्त्रालयले वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको बसोबासको विशेषाधिकार खारेज गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सो निर्णय बारे जानकारी दिदै वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको बसोबासको विशेषाधिकार खारेज गरेको बताएको हो ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ- ‘इरानी जनता आफ्नो आधारभूत अधिकारको लागि संघर्ष गरिरहेको बेला, अमेरिकी विदेश सचिव मार्को रुबियोले यस हप्ता संयुक्त राज्य अमेरिकामा वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूको बसोबासको विशेषाधिकार खारेज गर्न कारबाही गरेका छन् ।’ मन्त्रलायले इरानी शासनको क्रूर दमनबाट लाभ उठाउनेहरूलाई अमेरिकाको आप्रवासन प्रणालीबाट लाभ उठाउने कुनै अधिकार नभएको उल्लेख गरेको छ ।

गत हप्ता, संयुक्त राज्य अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई निष्कासन गरेको थियो । एटलान्टाको एमोरी विश्वविद्यालयमा क्यान्सर अनुसन्धान विभागमा काम गर्ने फातिमा अर्देशिर लारिजानी इरानी वरिष्ठ सचिवकी छोरी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस