• २०८३ बैशाख २३ गते बुधवार

सक्रिय हुदै ओली, सुदूरपश्चिमका पार्टी सांसदसँग गुण्डुमा छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको काममा सक्रिय हुन थालेका छन् । पत्थरीको शल्यक्रियापछि संक्रमण भएको भन्दै भेटघाट बन्द गरेर आराम गरिरहेका ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका एमाले सांसद र नेताहरूसँग छलफल गरिरहेका छन् ।

ओलीको सचिवालयका अनुसार भक्तपुरको गुण्डु निवासमा ओलीले एमालेका सुदूरपश्चिमका सांसद र नेताहरुसँग छलफल गरिरहेका छन् । निर्वाचनको परिणाम लगत्तै पक्राउ र त्यसपछि अप्रेशन गरेका ओली निष्कृय रहदा एमालेका गतिबिधि समेत ओझेलमा परेको बेला उनले भेटघाट शुरु गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस