• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका थोरै भू-भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आईतबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस